प्रधानमन्त्री देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

यस्तै, बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री राखेर मन्त्रीमण्डल गठन गरेका थिए । यस्तै, प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थपेका थिए ।

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै आएका छन् ।

प्रकाशित : श्रावण १४, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?