३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् । 

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

उनीहरूलाई नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिले मंगलबार नियुक्त गरेकी थिइन् ।

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

प्रकाशित : श्रावण १३, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?