कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारीलाई कारबाही होस् : सांसद

रासस

काठमाडौँ — राष्ट्रिय सभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 

बलात्कारीलाई कारबाही होस् : सांसद

राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै उचित छानबिन गरी दोषी पत्ता लगाई कारबाही गररे पीडितलाई न्याय दिन माग गरे ।

सांसद विमला घिमिरेले भनिन्, 'गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब चार हजार २०० विद्यालयका लागि ६ अर्ब रुपैयाँ रकम विनियोजन भएअनुसार खर्च भएको थियो, स्तरोन्नतिमा खर्च भएको छ, यो वर्ष पनि थप रकम विनियोजन भएको छ, तर सरकार फेरिएसँगै त्यो रकम खर्च नहुने हो कि भन्ने शंका बढेको छ, त्यसो नहोस् ।'

विमला राई पौडेलले औपचारिक वा अनौपचारिक कुनै पनि क्षेत्रमा काम गर्ने घरेलु कामदार कोरोना भाइरस फैलिएसँगै जोखिममा रहेको जनाउँदै संघीय सरकारले वडास्तरमा घरेलु श्रमिकको पञ्जीकरण गर्दै परिचयपत्र वितरण गररे प्राथमिकताका साथ कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरिन् ।

सांसद शारदादेवी भट्टले भनिन्, 'निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन, त्यसका बारेमा रहस्य छ, कतै गरीबको छोरी बलात्कार भएकै कारण पत्ता नलागेकै हो कि रु म जतिसक्दो चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न अनुरोध गर्दछु ।' सिंगबहादुर विश्वकर्माले नागरितासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो पारित हुने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे । सांसद विना पोखरेलले राष्ट्रियसभामा खानेपानीको व्यवस्थासँगै सरसफाइमा ध्यान दिन आग्रह गरिन् ।

प्रकाशित : श्रावण १३, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?