कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पुनर्बहालीको माग गर्दै 'पूर्वमाओवादी' सांसदले दिए सर्वोच्चमा रिट

जयसिंह महरा

काठमाडौँ — माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका पूर्व सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

पुनर्बहालीको माग गर्दै 'पूर्वमाओवादी' सांसदले दिए सर्वोच्चमा रिट

माओवादी केन्द्रका तर्फबाट सांसद नियुक्त भएका भट्ट, रायमाझी, साह र चौधरीले केपी ओलीलाई समर्थन गरेपछि पार्टीले सांसद पदबाट हटाएको थियो । चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन् ।

उनीहरुले दिएको रिट निवेदनको भोली पेसी तोकिने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

यसअघि पनि माओवादी केन्द्रविरुद्ध उजुरी दिन एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरू निर्वाचन आयोग गएका थिए । उनीहरुको निवेदनलाई आयोगले बदर गरिदिएको थियो ।

यस्तो छ रिट :

प्रकाशित : श्रावण १३, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?