कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन संवाद 

जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच मंगलबार साँझ टेलिफोन संवाद भएको छ । ब्लिन्केनले नेपालको दक्षिणी छिमेकी मुलुक भारतको भ्रमणकै दौरानमा नयाँ दिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेका हुन् । 

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन संवाद 

उक्त संवादमा प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनबीच दुई मुलुकका आपसी चासोका साथै विकास सहकार्य, पर्यावरण र कोरोना भाइरसको समयमा सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, विदेशमन्त्री ब्लिन्केनले पनि ट्वीटमार्फत नेपालका प्रधानमन्त्री देउवासँग मंगलबार कुरा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले देउवा र आफूले अमेरिका–नेपालको सहकार्यलाई अघि बढाउने सम्बन्धमा छलफल गरेको जनाएका छन् ।

कोरोना भाइरसविरुद्ध लड्न र जलवायु परिवर्तनको प्रभावको विषयमा सहकार्य गर्न पनि छलफल भएको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनीहरुबीच करिब १० मिनेट कुराकानी भएको थियो ।


प्रकाशित : श्रावण १२, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?