कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त 

इकान्तिपुर डेस्क

काठमाडौँ — गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त 



मामन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरु पौडेल र यादवलाई पदमुक्त गराउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरु पौडेल र यादवलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस समेत गरेको थियो ।


यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १२, २०७८ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?