कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रमा सहमति

शेरचनलाई गण्डकी प्रदेश प्रमुख हुन संवैधानिक बाधा
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचनलाई फेरि प्रदेश प्रमुख बनाउनका लागि सहमति गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने सहमति भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रमा सहमति

शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

शेरचनलाई मन्त्रिपरिषद्‌‌ले पुन: सिफारिस गरे उनी राष्ट्रपतिबाट प्रदेश प्रमुखमा नियुक्त हुनेछन् । संविधानको धारा १६३ को उपधारा ४ बमोजिम एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने व्यवस्था छ ।

तर, सत्तारुढ गठबन्धनभित्र माओवादीलाई गण्डकी प्रदेश प्रमुख, प्रदेश २ को प्रमुखमा जनता समाजवादी (जसपा), लुम्बिनी प्रदेशमा कांग्रेसलाई दिने सहमति भएको छ ।

प्रकाशित : श्रावण १२, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?