कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जेलबाट आएर आयाेगमा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएन : रेशम चाैधरी

कान्तिपुर संवाददाता

काठमाडौँ — जसपा आधिकारिता विवादमा केन्द्रीय कार्यकारिणी सदस्य एवं निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । उनले आफू पार्टीको बफादार सिपाही भएकाले कसैको पक्ष र विपक्षमा उभिन आफूलाई नियत र नैतिकताले नदिएको बताए । 

जेलबाट आएर आयाेगमा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएन : रेशम चाैधरी

आयोगबाट बाहिरिँदै उनले सञ्चारकर्मीहरुलाई भने,'आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष र विपक्ष दुवै जसपा हो । '

उनले कुनै एक पक्षले बाजी मार्ला र कोहीले हारेपनि जिन्दगीभर कमाएको निष्ठाको लागि महन्थ ठाकुरप्रति भीष्म पितामहको दर्जा कायम गरिदिन पनि आग्रह गरेका छन् । उनले पार्टी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्ने बताए ।

५१ सदस्यीय जसपा केन्द्रीय कार्यकारिणी सदस्यमा ३४ जनाले अध्यक्ष उपेन्द्र यादवको पक्षमा खुलेका छन् भने महन्थ ठाकुरको पक्षमा १६ जना र चौधरी तटस्थ बसेका हुन् ।

जनता समाजवादी पार्टीका निलम्बित सांसद चौधरीलाई सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोगको कार्यालयमा झिकाइएको थियो ।

प्रकाशित : श्रावण ११, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?