कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आत्मालोचना गरेर आए महन्थ ठाकुरलाई पार्टीमा ठाउँ दिन्छौँ : उपेन्द्र यादव

'१-२ दिनमै सरकारमा जान्छौं'
कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिइने बताएका छन् ।

आत्मालोचना गरेर आए महन्थ ठाकुरलाई पार्टीमा ठाउँ दिन्छौँ : उपेन्द्र यादव

सोमबार निर्वाचन आयोगले जसपा विवादबारे निर्णय सुनाउन लागेका बेला यादवले सार्वजनिक रुपमा आत्मालोचना गरे ठाकुर पक्षलाई ठाउँ दिइने बताएका हुन् । सोमबार निर्वाचन आयोगले बहुमतका आधारमा पार्टीको आधिकारिकता कसलाई दिने भन्नेबारे निर्णय गर्ने बताइएको छ । अहिले आयोगमा सनाखतको काम भइरहेको पनि यादवले बताएका छन् ।

जसपाको केन्द्रीय कार्याकारिणी समिति सदस्यहरू निर्वाचन आयोगमा सामूहिक तस्बिर खिचाउँदै । तस्बिर अंगद ढकाल/कान्तिपुर

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अहिलेसम्म आफ्नो पक्षमा २४ जनाले हस्ताक्षर गरिसकेको पनि उनले बताए । कारागारमा रहेका रेशम चौधरीलाई पनि सनाखतका लागि ल्याउने व्यवस्था गरिएको उनको भनाइ छ ।

तस्बिर सौजन्य : महेश चौरसिया

यादवपक्षमा केन्द्रीय कार्यकारिणी समितिका ३५ जना रहेको दाबी गरिएको छ । तीमध्ये १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसद छन् । अमृतादेवी अग्रहरि, राजकिशाेर यादव, मनिश सुमन, गाेविन्द चाैधरी र रेशमलाल चाैधरी आज उपेन्द्र यादव पक्षमा आएको दाबी गरिएको छ ।

तस्बिर सौजन्य : महेश चौरसिया

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको जसपाको यादव पक्ष निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि सरकारमा जाने तयारीमा छ । १-२ दिनै सरकारमा जाने पनि यादवले बताए ।

यादव पक्षलाई पर्खंदा देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । आयोगले दल दर्ताका बखत सनाखत गरेका ५१ सदस्यलाई सोमबार 'हेड काउन्ट' गर्न बोलाइएको थियो ।

प्रकाशित : श्रावण ११, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?