३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोना अपडेट : २४ घण्टामा २ हजार ३०९ संक्रमित, २ हजार १९७ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षणमा शनिबार थप २ हजार ३०९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार १७ पुगेको छ ।

कोरोना अपडेट : २४ घण्टामा २ हजार ३०९ संक्रमित, २ हजार १९७ जना संक्रमणमुक्त, १६ जनाको मृत्यु

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २८५ परीक्षणबाट ८०५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ९१० परीक्षणमा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ४ १हजार ५६५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ ।

हालसम्म देशभर ३५ लाख २८ हजार ५१४ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३४४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २७ हजार ७५७ रहेको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?