२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

शुक्रबार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच समसामयिक विषयमा छलफल भएको हो ।

'सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो', राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।

पद तथा गोपनियताको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित : श्रावण ८, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?