दाहाल र नेपाललाई वैद्यको सुझाव - प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौं

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी मोओवादी) का अध्यक्ष मोहन वैद्यले संसद् र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गरेका छन् । 

दाहाल र नेपाललाई वैद्यको सुझाव - प्रधानमन्त्रीको लोभ त्यागेर जनताको लागि काम गरौं

४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान शंकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन् ।अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको भन्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न पनि सुझाव दिए ।

वैद्यले भने, 'सरकारमा र संसद्‌मा भएका कम्युनिष्टहरु एक ठाउँमा बस्नुपर्छ र सडकमा भएका कम्युनिष्टहरु पनि एक ठाउँमा उभिनुपर्छ, संसद् र सरकारमा भएका कम्युनिष्टहरुले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जानुभएन, प्रचण्डजी र माधव नेपालजी यही संसदीय व्यवस्थाबाट कति पटक प्रधानमन्त्री बन्नुहुन्छ के, प्रधानमन्त्रीको लोभ र मोह त्याग्नुस् अनि जनताको लागि काम गरौं ।'

त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताएका छन् । वैद्यले ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताए । अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्नसमेत गरे । उनले संसद्‌वादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्न सुझाएका छन् । 'ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?', अध्यक्ष वैद्यले भने, 'संसद्‌मा जाने साथीहरु सबै एक हुँदै, सकिन्छ,

सबैलाई क्रान्तिकारी बनाऔा, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिष्टहरुबीच तालमेल गरौा ।”

अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई आगाल्ने र क्रान्तिकारी धारलाई आगाल्ने दुई थरिका कम्युनिष्ट रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित : श्रावण ८, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?