१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सीमा नजिकै बिहारमा कोसीको तटबन्ध भत्कियो

एक हजार परिवार विस्थापित, नेपालमा प्रभाव पर्न सक्ने
अवधेशकुमार झा

राजविराज — सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको छ । शुक्रबार बिहान उक्त स्थानमा तटबन्ध भत्किँदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किएको स्थान नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर मात्र दक्षिण हो ।

सीमा नजिकै बिहारमा कोसीको तटबन्ध भत्कियो

बाढीले दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँ जलमग्न भएको सीमावर्ती स्थानीय बासिन्दाले जानकारी दिएका छन् । बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरु भारतीय राष्ट्रिय राजमार्ग(एनएच ५७) सहित विभिन्न अग्लो स्थानमा आश्रय लिइरहेका छन् ।

तटबन्ध भत्केको स्थानमा सुपौल जिल्लाका डिएम महेन्द्रकुमार, एसपी मनोजकुमारसहित कोसी योजनाका अधिकारीहरु पुगेका छन् । सुपौल जिल्लाका डिएम महेन्द्रकुमारले तत्काल तटबन्ध पुनर्निर्माणको कार्य थालिएको जानकारी दिए । उनले स्रोतसाधनको अधिकतम प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको बताए ।

तटबन्ध भत्किएपछि कोसीको पानी विभिन्न बस्ती हुँदै बिहारमै त्रियुगा नदीमा खसेको छ ।

नेपालमा प्रभाव पर्न सक्ने

कोसी तटबन्ध बिहारमा भत्किँदा क्षतिलाई कम गर्न कोसी योजनाका अधिकारीहरुले सप्तरी र सुनसरीको सीमामा रहेका कोसी ब्यारेजका ढोकाहरु धेरै संख्यामा बन्द गरे नेपालमा पनि समस्या हुने सक्ने प्राविधिकहरुले बताएका छन् । पानीको उच्च बहावलाई रोक्न बिहार सरकार मातहतको कोसी योजनाले ब्यारेजका ढोका धेरै संख्यामा बन्द गरे ब्यारेजभन्दा उतरी क्षेत्रमा पानी जम्मा भइ ब्यारेजको संरचना र तटबन्ध लगायतका संरचनामा क्षति पुग्ने छ । तर शुक्रबार दिउँसोसम्म ब्यारेजका २२ वटा ढोका खोलिएको छ भने ब्यारेज भएर नियमित तरिकाले पानीको बहाब भइरहेको छ ।

प्रकाशित : श्रावण ८, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?