टेकुबाहेक थप तीन ठाउँमा खोप कार्ड प्रमाणीकरण हुने- समाचार - कान्तिपुर समाचार

टेकुबाहेक थप तीन ठाउँमा खोप कार्ड प्रमाणीकरण हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अब ४ ठाउँमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । यसअघि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा मात्र यो व्यवस्था रहेकोमा अब बानेश्वरको सिभिल अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरको पाटन अस्पतालमा पनि यो सुविधा हुने छ ।

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गराउन बिहीबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका युवाको भीड । विदेश जानजान्सेन खोप लगाएका उनीहरू बिहान २ बजेदेखि लाइन लागेका थिए । तस्बिर : अंगद ढकाल/कान्तिपुर

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा‍‍. झलक गौतमले टेकु अस्पतालमा खोप कार्ड प्रमाणीकरण गराउनेको अत्यधिक चाप बढेपछि थप ठाउँ विस्तार गर्ने निर्णय भएको बताए।

सरकारले कोभिडविरुद्धको खोप लगाएको आधिकारिक पत्र दिने ठाउँ टेकु अस्पताल मात्र तोकेपछि त्यहाँ एकदम भीड बढेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण ८, २०७८ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्

गनिए कञ्चनजंघा क्षेत्रका नाउर

गत वर्षभन्दा यसपटक नघटेको गणनाको निष्कर्ष 
आनन्द गौतम

ताप्लेजुङ — दुर्लभ वन्यजन्तु नाउर कञ्चनजंघा क्षेत्रमा विगतकै संख्यामा रहेको पाइएको छ । नाउरको बासस्थान रहेको ३ हजार मिटरभन्दा माथिको क्षेत्रलाई चारवटा ब्लक बनाएर गणना गरिएको थियो ।

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा नाउर गणना गरिँदै। तस्बिर : कान्तिपुर

गणनामा गत वर्षकै हाराहारीमा पाइएको संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार ओलाङचुङगोला क्षेत्रको गणना गर्न बाँकी रहँदा १ हजार ४ सय २१ वटा पाइएको छ । स्थानीयमा देखिएको कोरोना संक्रमण र बन्दका कारण गोला क्षेत्रमा भने गणना हुन बाँकी छ ।

घुन्सा खम्बाछेन ब्लकमा ६ सय ४२, याङमामा ५ सय ३२ र रामजेलमा २ सय ४७ वटा पाइएको तिवारीले बताए । दुई वर्षअघिको गणनामा पनि यही हाराहारीमा रहेको थियो । पोथीको तुलनामा भाले नाउरको संख्या दोब्बरले बढी छ । तथ्यांकअनुसार पोथीको संख्या ४ सय ९५ छ । ८० बच्चा छन् । भालेपोथी नछुट्टिएका २७ छन् भने भाले मात्रैको संख्या ८ सय १६ छ । भालेमा वयस्कको संख्या २ सय ८ छ भने तरुण भाले २ सय ७ वटा छन् । किशोर २ सय ६ र अर्धवयस्क १ सय ९८ वटा छन् ।

कञ्चनजंघा क्षेत्रमा घुन्सादेखि पाङपेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजंघा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलादेखि मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक बनाइएको छ । ३८ सय मिटर माथि नाउर देखिने ठाउँमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गरिन्छ । पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । गणनामा स्थानीयको प्रयोग हुन्छ । विश्व वन्यजन्तु कोष नेपालले कार्यक्रम गर्दा गणनामा स्थानीयलाई दक्ष बनाएको छ । उनीहरूलाई स्थानीय साइन्टिसको उपाधि दिइएको छ । ‘नाउरको मुभमेन्ट भएको ठाउँमा पारिपट्टिको डाँडाबाट लुकेर हेर्दा ठ्याक्कै छुट्टिन्छ,’ तिवारीले भने, ‘उनीहरूको अनुहार र टाउको हेरेर सबै छुट्याउन सकिन्छ ।’ गणनामा ३० जनासम्म प्रयोग हुने गरेका छन् । एकबाट अर्को ब्लकमा नजावस् भनेर एकै समयमा गणना गर्ने गरिएको छ ।

सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिन्छ । यो वर्ष गणना अवधिमा कुहिरो अधिक लागेकाले गणनामा केही समस्या भएको तिवारीले बताए । ‘चैत, वैशाखमा कोरोना संक्रमणका कारण गणना गर्न सकिएन, जेठ, असारमा मौसमले केही डिस्टर्ब भयो’ तिवारीले भने । समूहमा लस्करै लागेर हिँड्ने भएकाले पहिचान गर्न भने सहज हुने हिउँ चितुवा उपसमितिका सदस्य तेन्जिङ शेर्पा बताउँछन् । कञ्चनजंघाको अलावा लाङटाङ, मकालु वरुण, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र ढोरपाटन सिकार आरक्षमा नाउर पाइन्छ । ढोरपाटनमा विदेशीका लागि समेत सिकार खेल्न खुला गरिएको छ । साँझ–बिहान आहारामा निस्कने र दिउँसो पहराहरूमा बस्ने नाउरको भाले बच्चा मस्तले चर्ने र पोथीले खतरा छ कि भनेर नियाल्ने संरक्षणकर्मी बताउँछन् ।

प्रकाशित : श्रावण ८, २०७८ १३:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×