कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा प्रकाश र सुनीता

काठमाडौँ — विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा गायक प्रकाश सपुत र गायिका सुनीता दुलाल नियुक्त भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरी एक वर्षका लागि सपुत र दुलाललाई सद्भावना दूत नियक्तिको घोषणा गरेको हो ।

विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा प्रकाश र सुनीता

गीतसंगीतको माध्यमबाट विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरूलाई सद्भावना दूत बनाइएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताए । ‘गत वर्षको मनसुनबाट सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला सबैभन्दा बढी प्रभावित भएका थिए,’ पोखरेलले भने, ‘प्रकाशजी बाग्लुङ र सुनिताजी सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँहरूमार्फत विपद्बाट प्रत्येक व्यक्तिलाई चनाखो बनाउने हाम्रो योजना हो ।’

सपुत र दुलालले प्राकृतिक प्रकोप र यसबाट आउने विपद् जोखिम न्यूनीकरण योजनामा कलाकारलाई सहभागी गराएर प्राधिकरणले रचनात्मक कार्यको थालनी गरेको भन्दै आफूहरू सहयोग तथा समर्थन गर्न प्रतिबद्ध रहेको बताए । ‘सरकारको योजनामा जोडिन पाउनु हाम्रा लागि निकै ठूलो अवसर हो,’ सपुतले भने, ‘जनतालाई सचेत गराउने सरकारको योजनामा सिर्जना एवं अन्य सहकार्य, सल्लाहअनुसार रचनात्मक कार्यका लागि हाम्रो साथ र प्रतिबद्धता छ ।’

कार्यक्रममा प्राधिकरणकै प्रस्तुतिमा सपुत र दुलालको स्वर रहेको ‘बाढीपहिरो हाम्रो दु:ख गहिरो’ बोलको सचेतनामूलक गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरियो ।

प्रकाशित : श्रावण ८, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?