पार्टी एकताको प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

काठमाडौँ — नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ ।

केन्द्रीय कमिटीको बिहीबारको बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्नका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

पार्टी एकताको प्रयासलाई निरन्तरता दिने एमालेको निर्णय

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहनेहरुलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने बताएका पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

‘पार्टीको एकता कायम राख्नको निम्ति भइरहेको प्रयासहरुका बारेमा हामीले छलफल गरेका छौं । र, यो प्रयासलाई अझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई, पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ,' प्रवक्ता ज्ञवालीले भने, 'अध्यक्षले पार्टी एकतालाई सुदृढ र पार्टीमा योगदान गर्नेगरी आउन चाहाने साथीहरुलाई विगतका गल्तीहरु बिर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ । एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमी, कमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै आजको बैठक सकिएको छ ।’

ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित निर्देशन दिएको पनि प्रवक्ता ज्ञवालीले बताए । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

प्रकाशित : श्रावण ७, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?