१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजान चाहन्छौँ : नेपाल

‘एमाले यस रूपमा अगाडि बढ्छ, सुध्रिन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट बाहिर निस्कन चाहन्छ ? तर, अपमान सहेर कोही पनि बस्दैन ।’

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लगेर क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताएका छन् । 

कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजान चाहन्छौँ : नेपाल

पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले त्यो बाटोमा एमाले अगाडि बढ्छ कि बढ्दैन भनेर हेरिरहेको बताएका हुन् ।

‘कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउनु पर्छ । कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लगेर क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहन्छौं,’ उनले भने, ‘त्यो क्रान्तिकारी पार्टीको स्वरूप लिएर नेकपा एमाले अगाडि बढोस् भन्ने चाहन्छौं । त्यो रुपमा अगाडि बढ्छ कि बढ्दैन हामी हेरिरहेका छौं ।’

तर, अपमान सहेर कोही पनि पार्टी बस्न नहुने नेपालको भनाइ छ । ‘एमाले यस रूपमा अगाडि बढ्छ, सुध्रिन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट बाहिर निस्कन चाहन्छ ? तर, अपमान सहेर कोही पनि बस्दैन,’ नेपालले भने, ‘गलत र सबैखालका कुकर्म सहेर कोही पनि बस्न हुँदैन । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।’

नेता नेपालले दास मानसिकताका मान्छे कम्युनिस्ट हुन नसक्ने बताए । ‘सबै कुराहरुलाई शिर निहुराएर, दासको मानसिकतासाथ, दास हुने मान्छे कम्युनिस्ट हुन सक्दैन,’ उनले भने, ‘हामी अरुको मान सम्मान गर्छौं । अरुको अपमान गर्ने मान्छेहरुलाई समाजले अपमान गर्छ । हामी सिंगो समाजको रुपान्तरण चाहन्छौं ।’

उनले अध्यक्ष केपी शर्मा ओलीपक्षले स्याल हुँइया गरेर नाटक मञ्चन भइरहेको बताए ।‘आपराधिक, शोषक, सामन्ती तत्वहरूले कहिले स्याल हुँइया, कहिले बाँदर जुलुस त कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ,’ नेपालले भने ।

प्रकाशित : श्रावण ७, २०७८ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?