२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको एमालेको निष्कर्ष, एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्‍ने

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको केन्द्रीय समितिको बुधबारको बैठकमा उनले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका हुन् ।

पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको एमालेको निष्कर्ष, एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्‍ने

'पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने प्रतिबद्धता अध्यक्ष ओलीले बैठकमा राख्नु भएको छ' बैठकपछि पत्रकारसँग पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, 'तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन नदिइने अध्यक्ष ओलीले बताउनु भयो ।'

एमालेले पार्टी जीवनमा प्रतिकूल परिस्थिति आएको निष्कर्ष निकाल्दै त्यसबाट निराश नभई पार्टीको पक्षमा दृढतापूर्वक उभिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । बैठकले जनताको पक्षमा काम गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिको पुरानै अवस्थामा पुर्‍याउने, प्रतिपक्ष दलको हैसियतमा जन सरोकारका चासोलाई सम्बोधन गर्न सरकारलाई दबाब दिने गरी अघि बढने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिकूल परिस्थितिमा पार्टी अध्यक्ष ओली नेतृत्वको सरकारले ४१ महिनामा राम्रो काम गरेको समीक्षा गर्दै धन्यवादसमेत दिएको छ । बैठकले बिहीबार नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस तुलसीलाल स्मृति प्रतिष्ठानमै दिउँसो १ बजे मनाउने निर्णय पनि गरेको एमालेले जनाएको छ । तीन दिनदेखि जारी एमाले केन्द्रीय समिति बैठक बिहीबार पनि बस्नेछ ।

प्रकाशित : श्रावण ६, २०७८ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?