प्रधानमन्त्री देउवा र चन्दबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (चन्द समूह) बीच छलफल भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पक्षबीच ओली सरकारसँगको ३ बुँदे सहमति कार्यान्वयन र नेकपाका नेता/कार्यकर्ताको रिहाईबारे छलफल भएको हो ।  

प्रधानमन्त्री देउवा र चन्दबीच भेटवार्ता

देशको राजनीतिक समस्या विषयमा बहस गर्दै जाने विषयमा छलफल भएको भन्दै चन्द समूहका नेता खड्गबहादुर विश्वकर्माले भने,'सरकार ३ बुँदे सहमतिको कार्यान्वयनमा सकारात्मक । भेटवार्ता प्रभावकारी र महत्वपूर्ण ।'

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा गत फागुन २० गते चन्द समूह र सरकारबीच ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिपछि नेकपा महासचिव नेत्रविक्रम चन्द खुला राजनीतिमा आएका हुन् ।

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा महासचिव चन्द, नेताहरु विश्ककर्मा, धर्मेन्द्र बास्तोलालगायत सहभागी थिए ।

चन्द समूहका नेताहरुले यसअघि लगातारजस्तै सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य लगायतसँग भेटवार्ता गरेका थिए । ती भेटमा ३ बुँदे सहमति कार्यान्वयन र मोर्चा गठनबारे कुराकानी भएको थियो ।

प्रकाशित : श्रावण ६, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?