कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

२४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना पुष्टि, १ हजार ४७५ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोग शालामा गरिएको पीसीआर परीक्षणमा बुधबार थप १ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ ।

२४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना पुष्टि, १ हजार ४७५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

हालसम्म देशभर ३४ लाख ९५ हजार ६९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ३०१ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २६ हजार ८३२ रहेको छ ।

प्रकाशित : श्रावण ६, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?