कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एमाले केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् कार्यसूची

काठमाडौँ — एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पनि सुरु भएको छ । सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमाले केन्द्रीय कमिटी बैठक जारी, यस्ता छन् कार्यसूची

बैठकमा अध्यक्ष ओलीको सम्बोधन, विवाद समाधान गर्न गठित कार्यदलको १० बुँदे सहमति प्रस्तावको अनुमोदन, अनुशासनविपरीत काम गर्नेसँग स्पष्टीकरण, प्रदेशमा पार्टी अवस्था, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, ओली नेतृत्वको सरकारको समीक्षा र पार्टीको आगामी भूमिकालगायतका कार्यसूची छन् ।

पार्टीको आगामी भूमिकामा एमालेले पार्टी कमिटीहरुको अधिवेशन, शुद्धिकरण र निर्वाचन तयारीलाई राखेको छ । आइतबारको बैठकमा सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लालगद्दार भएको आरोप लगाएका थिए । उनले एमालेमा नेपाललाई कुनै ठाउँ नरहेको समेत घोषणा गरेका थिए । बैठक मंगलबार नै सक्ने योजना छ ।

प्रकाशित : श्रावण ५, २०७८ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?