कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस महाधिवेशनमा 'डिजिटल भोटिङ'

काठमाडौँ — कोरोना महामारी नरोकिए नेपाली कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिँदै आगामी दिनहरुमा प्रयोग गर्न सकिने गरी आन्तरिक डिजिटल भोटिङको व्यवस्था गरेको हो । 

कांग्रेस महाधिवेशनमा 'डिजिटल भोटिङ'

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

बैठकले केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने उनले बताए ।

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने विभागले जनाएको छ ।

डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजनासमेत बैठकले तय गरेको छ । जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको सचिव थापामगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : श्रावण ५, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?