१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

घरेलु मदिरा पिएका चार मजदुरको मृत्यु, दुई गम्भीर

प्रकाश बराल

बागलुङ — घरेलु मदिरा पिएका चार मजदुरको मंगलबार बिहान मृत्यु भएको छ । अरू दुई जना गम्भीर बिरामी छन् । उनीहरूले सोमबार बेलुकी घरेलु मदिरा सेवन गरेका थिए । 

मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुनमगर र ३९ वर्षको दूधबहादुर राना छन् । उनीहरूको मंगलबार बिहान साढे ४ बजे मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

ती मजदुर गलकोट नगरपालिका–७ को मल्मस्थित एक खानेपानी आयोजनामा काम गर्थे । मदिरा पिएर सुत्न हिँडेका उनीहरूको अवस्था गम्भीर भएपछि उपचारका लागि राति नै धौलागिरि अस्पताल ल्याइएको थियो ।

गम्भीर बिरामी रहेकामा २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती छन् । उनीहरूको धौलागिरि अस्पतालमा उपचार भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ५, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?