कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

देउवालाई मतदान गरेका एमालेका २२ सांसद छलफलमा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले माधव नेपाल पक्ष र केपी शर्मा ओली पक्षका २२ सांसद छलफलमा जुटेका छन् ।

सोमबार एमाले केन्द्रीय कमिटी बैठकले मतदान गर्ने सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेपछि उनीहरु काठमाडौंको डल्लुमा छलफल गरिरहेका छन् ।

केन्द्रीय किमटी बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय विपरीत भोट हाल्ने सांसदहरुलाई स्पष्टिकरण सोध्‍ने सम्बन्धीको प्रस्ताव राखेका थिए ।

यस्तै छलफलमा नेपाल समूह सरकारमा जाने/नजाने विषयमा पनि कुराकानी भइरहेको छ । छलफलमा उपस्थित एक नेताले भने, 'आज सोधिएको प्रस्टीकरण र आगामी कार्ययोजनाबारे छलफल गर्न भेला भएका हौं । यस्तै सरकारमा जाने नजाने विषयमा पनि कुरा हुन्छ ।'

विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल(किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् । नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

नेपालका पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, सरेन्द्र पाण्डेलगायतले विघटन कार्यदलले दिएको १० बुँदै समझदारी अनुसार पार्टी विवाद अन्त्य गर्नुपर्ने भन्दै बैठकमा सहभागी भएका थिएनन् । नेपाल पक्षका सांसद समेत रहेका उपाध्यक्ष भिम रावलले संसद् भवन अगाडि नै सांसद पदबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।

प्रकाशित : श्रावण ४, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?