रौतहटमा पेस्तोलसहित ३ भारतीय पक्राउ - समाचार - कान्तिपुर समाचार

रौतहटमा पेस्तोलसहित ३ भारतीय पक्राउ 

शिव पुरी

रौतहट — जिल्ला प्रहरी रौतहटले पेस्तोलसहित ३ भारतीयलाई पक्राउ गरेको छ । भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनीहरु मौलापुर नागरपालिका-५ स्थित मौलापुर-कलैया सडक खण्डबाट पक्राउ परेका हुन् । 

जिल्ला प्रहरीबाट खटिएको टोलीले भारतको बिहार राज्य मोतिहारी जिल्ला ग्राम पञ्चायत बिजवनी-२ का २२ वर्षीय देवेन्द्र कुमार यादव, सुधिर कुमार यादव र सन्दिप कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले देवेन्द्रकुमारको साथबाट मेड ईन इङ्ल्यान्ड लेखेको सिक्सर पेस्तोल बरामद गरेको थियो । हतियारको कारोबारमा संलग्न भएको आरोपमा सुधिर कुमार र सन्दिप कुमार पक्राउ परेको डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । प्रहरीले उनीहरुलाई आइतबार साँझ पक्राउ गरेपनि सोमबार मात्र सार्वजनिक गरेको हो ।

प्रकाशित : श्रावण ४, २०७८ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र अनुगमन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबारदेखि सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् ।

प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन् ।

प्रकाशित : श्रावण ४, २०७८ १७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×