कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

देउवा सरकारलाई डा. केसीको चेतावनी– मेडिकल माफियाको हितमा काम गरे आन्दाेलन

काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारलाई मेडिकल माफियाको हितमा काम गरेमा जुनसुकै बेला आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन्  ।

देउवा सरकारलाई डा. केसीको चेतावनी– मेडिकल माफियाको हितमा काम गरे आन्दाेलन

सोमबार पत्रकार सम्मलेन आयोजना गर्दै उनले भने, ‘अघिल्लो सरकारझैं यो सरकारले महामारीलाई कमाउधन्दाको माध्यम नबनाओस् भनेर पनि ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले कोरोनाको परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था गर्न आग्रह गरे ।

डा. केसीले देशमा नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरु तथा तिनको समाधानका लागि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामहरुबारे ध्यानाकर्षण गराउनका लागि पत्रकार सम्मेलन आयोजना गरेको बताए ।

उनले नेपालमा मेडिकल माफियाहरुले सत्ता फेरिएसँगै नयाँ सरकारलाई आफ्नो प्रलोभनमा पार्ने गरेको भन्दै देशका धेरै निजी मेडिकल कलेजहरुलाई मुठ्ठीभर आपराधिक पृष्ठभूमिका माफियाहरुले लिने क्रम चलिरहेको बताए ।

प्रकाशित : श्रावण ४, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?