कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, खोप चाँडै उपलब्ध हुने विश्वास

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । फोनवार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै दुई मुलुकबीचको आपसी हित र समझदारीमा कुरा भएको परराष्ट्र मन्त्रालयले ट्वीटमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, खोप चाँडै उपलब्ध हुने विश्वास

फोनवार्तामा भारत र नेपालबीच कोरोनाविरुद्धको लडाईंमा पनि सहकार्य गर्ने विषयमा कुरा भएको मोदीले आफ्नो ट्वीटमा भनेका छन् । नेपालको परराष्ट्र मन्त्रालयले भने फोनवार्तामा मोदीले नेपाललाई कोरोनाविरुद्धक खोप समेत चाँडै उपलब्ध गराउने विश्वास दिलाएको दाबी गरिएको छ ।



प्रकाशित : श्रावण ४, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?