कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल समूह अनुपस्थित

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघिदेखि पार्टीको केन्द्रीय कमिटीको १०औं बैठक सुरु भएको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, नेपाल समूह अनुपस्थित

पार्टी विवाद समाधानका लागि बनाइएको कार्यदलमा भएको सहमतिअनुसार २०७५ जेठ ३ पछिको अवस्थाबाट बैठक सुरु गरिएको हो । त्यतिबेला माओवादीसँगको एकता अनुमोदन गर्न एमालेको केन्द्रीय कमिटीको ९औं बैठक बसेको थियो ।

बैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने एजेन्डा रहेको छ ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलननाथ खनाल समूह भने उपस्थित छैन । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरूको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

माधवकुमार नेपालसहित एमालेका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा अध्यक्ष केपी शर्मा ओली पक्षकै ८ जना सांसद पनि थिए । देउवालाई १६५ जना सा‌ंसदले विश्वासको मत दिएका थिए ।

प्रकाशित : श्रावण ४, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?