१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व 

अहिलेसम्म कांग्रेस १३ र एमाले १४ पटक सरकारमा

काठमाडौँ — प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले । उनले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको उल्लेख गर्दै आफ्नो दलको पहिचान दिलाउन खोजे ।

३२ वर्षमा २८ सरकार, १५ वर्ष कांग्रेस र ७ वर्ष एमाले नेतृत्व 

तर तथ्यले एमाले सत्ताको मामिलामा कांग्रेसभन्दा कमजोर नरहेको देखाउँछ । २०४७ यता एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष १ महिना सरकारमा बसेको छ ।

वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा सामेल एमालेको शासकीय संलग्नता राप्रपा नेता लोकेन्द्रबहादुर चन्द र तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट ‘प्रतिगमन आधा सच्चिएको’ सरकारमा समेत थियो । मनमोहन अधिकारीको अल्पमतको एकलदेखि केपी शर्मा ओली नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारसम्मको नेतृत्वसमेत एमालेले गरेको छ ।

यसबीचमा एमालेबाट चार जना प्रधानमन्त्री भइसकेका छन् ।अहिलेसम्म एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् । एमाले १४ पटक सरकारमा गएको छ ।

यो बीचमा कांग्रेस १५ वर्ष ८ महिना नेतृत्वसहित २० वर्ष सरकारमा बसेको छ । मूलधारमा आएको १५ वर्ष मात्र भए पनि माओवादी १० वर्ष ५ महिना सरकारमा बसेको छ ।

प्रकाशित : श्रावण ४, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?