कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रधानमन्त्रीलाई विश्‍वासको मत दिन्छौं : जसपा अध्यक्ष ठाकुर

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । 

प्रधानमन्त्रीलाई विश्‍वासको मत दिन्छौं : जसपा अध्यक्ष ठाकुर

प्रतिनिधिसभामा देउवाले राखेको विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिँदै ठाकुरले समर्थनमा मत दिने बताएका हुन् । 'प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई दिन चाहन्छु । र, मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नुभएको छ । त्यसको समर्थनमा मत दिन्छु,' उनले थपे, 'मत तपाईंहरूलाई दिन्छौं तर हामी आफू घायल बनिरहेका छौं ।'

देउवा जनताको मतले नभई सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बनेको उनको टिप्पणी थियो । उनले भने, 'प्रधानमन्त्री परमादेशले बनेको हो, जनताको मतले बनेको होइन ।'

प्रकाशित : श्रावण ३, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?