जसपा यादव-भट्टराई पक्षले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपा यादव-भट्टराई पक्षले प्रधानमन्त्री देउवालाई विश्‍वासको मत दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

जसपा यादव-भट्टराई पक्षको संसदीय दलको बैठक । तस्बिर सौजन्य : अध्यक्ष उपेन्द्र यादवको सचिवालय ।

आइतबार बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा यादव-भट्टराई पक्षको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

ज्येष्ठ सदस्य महेन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । उनका अनुसारर बैठकमा १९ जना सांसद उपस्थित थिए ।

देउवाले आइतबार बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिँदैछन् ।


प्रकाशित : श्रावण ३, २०७८ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन कांग्रेस संसदीय दलको आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेको छ ।कांग्रेस संसदीय दलको आइतबार बानेश्वरमा बसेको बैठकले पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय भएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

त्यस्तै बैठकले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि भनेको छ ।

सचेतक भुसालका अनुसार संविधान कार्यान्वयन, रक्षा र मूल्यमान्यताका लागि खेलेको भूमिकाप्रति सर्वोच्च अदालत, आम नागरिक, नागरिक समाज, बुद्धिजीवी लगायत सबैलाई धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ ।

सर्वोच्चको असार २८ गतेको फैसलापछि प्रतिनिधिसभा पुन:स्थापना भएको हो । अदालतकै परमादेशबमोजिम कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले संवैधानिक प्रावधानअनुसार आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।


प्रकाशित : श्रावण ३, २०७८ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×