प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन कांग्रेस संसदीय दलको आग्रह 

काठमाडौँ — नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको आइतबार बानेश्वरमा बसेको बैठकले पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय भएको सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन कांग्रेस संसदीय दलको आग्रह 

त्यस्तै बैठकले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि भनेको छ ।

सचेतक भुसालका अनुसार संविधान कार्यान्वयन, रक्षा र मूल्यमान्यताका लागि खेलेको भूमिकाप्रति सर्वोच्च अदालत, आम नागरिक, नागरिक समाज, बुद्धिजीवी लगायत सबैलाई धन्यवाद दिने निर्णय पनि बैठकले गरेको छ ।

सर्वोच्चको असार २८ गतेको फैसलापछि प्रतिनिधिसभा पुन:स्थापना भएको हो । अदालतकै परमादेशबमोजिम कांग्रेस सभापति देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले संवैधानिक प्रावधानअनुसार आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।


प्रकाशित : श्रावण ३, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?