बालकुमारीमा जसपा संसदीय दलको बैठक

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसिरहेको छ ।

बालकुमारीमा जसपा संसदीय दलको बैठक

पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका सांसदहरुको बैठक बसेको हो । बैठकमा दुई दर्जन बढी सांसदहरु सहभागी रहेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा छलफलका लागि बैठक बसेको जसपा नेताहरु बताएका छन् ।

जसपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेको छ । देउवाले आजै अपराह्‍न बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

प्रकाशित : श्रावण ३, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?