कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी केन्द्रले बोलायो आइतबार संसदीय दलको बैठक

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले आइतबार संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।

माओवादी केन्द्रले बोलायो आइतबार संसदीय दलको बैठक

बैठकमा अनिवार्य उपस्थित हुन प्रमुख सचेतक गुरुङले भनेका छन् । पुन:स्थापित प्रतिनिधिसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साउन ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको छ । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।

प्रकाशित : श्रावण २, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?