कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पोखराका मेयर जिसीलाई मस्तिष्कघात

थप उपचारका लागि काठमाडौं लगियो

पोखरा — पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । बिहान ४ बजे एक्कासि बिरामी परेपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

पोखराका मेयर जिसीलाई मस्तिष्कघात

उनको दाहिने मस्तिष्कको नसा ब्लक भएको चिकित्सकले बताएका छन् । सोही कारण उनको शरीरको देब्रे पाखो नचल्ने समस्या देखिएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको न्युरो अस्पताल लगिएको छ ।

अहिले उनको अवस्था खतरामुक्त रहेको प्रेस संयोजक माधव बरालले बताए । मेयर जिसीमा उच्च रक्तचापको समस्या रहेको पनि बरालले बताएका छन् ।

प्रकाशित : श्रावण १, २०७८ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?