ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । 

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स

अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्याउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने ।

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरेको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने, 'ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’ अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए ।

घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिति भने थिएन । ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

प्रकाशित : असार ३१, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?