दाहाल र चन्दबीच खुमलटारमा भेटवार्ता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

ललितपुरको खुमलटारमा दाहाल र चन्दबीच भेट भइरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी गराइन् । दाहाललाई भेट्न चन्दसहित नेकपा नेता धर्मेन्द्र बास्तोला पनि खुमलटार पुगेका छन् ।
दाहाल-चन्दबीच लामो समयको अन्तरालपछि औपचारिक रुपमा भेट भएको हो । अराजक गतिविधि गरेको भन्दै नेकपालाई प्रतिबन्ध लगाएपछि चन्द अर्धभूमिगत बनेका थिए । उनी ०७७ फागुन २१ गते राष्ट्रिय सभागृहमा सरकारसँग पार्टीको तर्फबाट ३ बुँदे सम्झौता भएपछि खुला राजनीतिमा आएका हुन् ।
प्रकाशित : असार ३०, २०७८ १९:१४