बाँकी अवधि संसद् चलोस्, तर मलाई शंका छ : ओली

‘मेरा लागि लोकतन्त्र जीविका हैन, जीवन हो’

काठमाडौँ — निर्वतमान प्रधानमन्त्री केपी शर्मा आलीले संसद्‌को पूर्ण कार्यकाललाई लिएर शंका व्यक्त गरेका छन् । राष्ट्रका नाममा मंगलबार सिंहदरबारबाट अन्तिम सम्बोधन गर्दै ओलीले समयमा निर्वाचन, संसद् र सरकार सही सलामत अगाडि बढ्नेमा शंका व्यक्त गरेका हुन् ।

बाँकी अवधि संसद् चलोस्, तर मलाई शंका छ : ओली

‘हाम्रो आजको आवश्यकता एकताबद्ध भएर जानुपर्ने थियो । यतिबेला राष्ट्रिय सार्वभौमसत्ता, स्वाधिनतालाई सवल बनाउन जानुपर्ने आवश्यकता थियो, त्यस्तो हुन सकेन । आजको राजनीति विपरीत दिशामा जान खोजिँदैछ,’ ओलीले भने, ‘बाँकी अवधि संसद्‌ चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् । तर मलाई शंका छ । जे-जस्ता घटना घट्दै छन्, विकास हुँदैछ, यसले संसद् र सरकार सही सलामत अगाडि बढ्ला शंकै छ ।’

अदालतले आफ्नाबारेमा धेरै प्रश्‍न उठाएको भन्दै ओलीले लोकतन्त्र आफ्ना लागि जीविकाको विषय नभएर जीवनको विषय भएको दाबी गरे । ‘यसपल्टको फैसलाले मेरो बारेमा पनि धेरै प्रश्न उठाएको छ । लोकतन्त्र मेरा लागि जीविकाको विषय हैन, जीवनको विषय हो,’ ओलीले भने ।

प्रकाशित : असार २९, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?