प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

एमालेको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । 'प्रधानमन्त्रीको सम्बोधनकै कारण दिउँसो एक बजे हुने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगन गरिएको छ,'उनले भने ।

सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुन:स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित : असार २९, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?