२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नयाँ परिस्थितिमा गठबन्धनमा नरहन पनि सक्छौं : नेता नेपाल

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गरेका छन् ।

नयाँ परिस्थितिमा गठबन्धनमा नरहन पनि सक्छौं : नेता नेपाल

सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले एमाले एकता भए आफू गठबन्धनमा नरहने बताएको एक नेताले जानकारी दिए ।

‘प्रतिगमनविरुद्धको संघर्षको एउटा कोर्स सकियो । त्यो सफल पनि भयो । हाम्रो पार्टीभित्र एकताको पनि कुरा भइराखेको छ । नयाँ परिस्थितिमा हामी गठबन्धनमा नरहन पनि सक्छौं,’ नेपालले भनेका थिए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । त्यसै अनुसार देउवाले मंगलबार नै प्रधानमन्त्रीको सपथ लिने र सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने सम्भावना छ । नेपाल निकट नेता रघुजी पन्तले सरकारमा जाने वा नजाने भन्नेबारे एमालेले निर्णय गर्ने बताए ।

एमालेको विवाद समाधानका लागि गठित दश सदस्यीय कार्यदलले आइतबार साँझ दस बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई नेता नेपालले असहमति जनाएका थिए । तर, गठबन्धनको बैठकमा एमाले एकताका लागि प्रयास गर्ने बताएर देउवालाई विश्वासको मत नदिने संकेत पनि गरेका छन् ।

प्रकाशित : असार २८, २०७८ २३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?