कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सरकार गठनमा लाग्‍ने गठबन्धनकाे निर्णय

काठमाडौँ — सर्वोच्च अदालतको आदेशपछि कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकार बनाउन लाग्ने निर्णय गरेको छ । गठबन्धनको बैठकमा भएका निर्णयबारे जानकारी दिँदै जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यस्तो बताएका हुन् ।

सरकार गठनमा लाग्‍ने गठबन्धनकाे निर्णय

'सर्वोच्च अदालतको फैसला अनुसार भोलि नै सरकार बन्छ । सरकार बनाउनको निम्ति हामी लागिपर्ने हो । संयुक्त गठबन्धनको सरकार हुन्छ । यसलाई प्रभावकारी रूपमा लिएर जाने कुरा भएको छ,' नेता भट्टराईले भने, 'कोरोना विरुद्धको भ्याक्सिन, अर्थतन्त्रका संकट भ्रष्टाचार लगायतका समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेबारे बेलैमा तयारी गरेर अगाडि बढ्नेबारे छलफल भयो । सम्भव भएसम्म राष्ट्रिय एकता कायम गर्नका लागि प्रयत्न गर्ने भन्ने निर्णय भएको छ ।'

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको थियो ।

प्रकाशित : असार २८, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?