ओलीको पक्षमा माइतीघरमा प्रदर्शन- समाचार - कान्तिपुर समाचार

ओलीको पक्षमा माइतीघरमा प्रदर्शन

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले 'सबै फैसला मानिँदैन ! खबरदार' भन्दै सडकमा प्रदर्शन गरेका छन् ।

प्रकाशित : असार २८, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्

शंख फुकेर सरकारविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले आइतबार पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले माइतीघर क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् । असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।


प्रकाशित : असार २७, २०७८ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×