कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओलीले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर भन्नुपर्छ : वरिष्ठ अधिवक्ता थापा

काठमाडौँ — वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा पुन:स्थापना गरेसँगै प्रतिक्रिया दिँदै थापाले ‘ओलीले राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर’ भन्नुपर्ने बताएका हुन् । 

ओलीले राजीनामा दिएर देउवालाई प्रधानमन्त्री नियुक्त गर भन्नुपर्छ : वरिष्ठ अधिवक्ता थापा

सर्वोच्च आदेशले सरकार बनाउने कुरामा संसद् नै मुख्य थलो हो भन्ने कुरा स्थापित भएको पनि उनले बताए । उनले भने, ‘पार्लियामेन्ट जनता हो, डाइरेक्ट हो । एक्ज्युकिटिभ इन्डाइरेक्ट हो । पार्लियामेन्ट जन्मिएर विशालै भो । ओलीले अहिले नै राजीनामा दिएर शेरबहादुरजीलाई प्रधानमन्त्रीमा नियुक्त गर भन्नुपर्छ ।’

त्यस्तै राजनीतिक दलका नेताहरूको खराब गतिविधिका कारण बारम्बार संसद् मार्न खोजिएको थापाले बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको हो ।

सम्बन्धित समाचार

प्रकाशित : असार २८, २०७८ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?