एमालेको युवा संघद्वारा ओलीको समर्थनमा प्रदर्शन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको युवा संघद्वारा ओलीको समर्थनमा प्रदर्शन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघले सडक प्रदर्शन गरेको छ ।

संघमा आबद्ध नेता, कार्यकर्ताले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन आयोजना गरेका हुन् ।


विपक्षी गठबन्धनको असंवैधानिक भन्दै नयाँ बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीले 'आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई', 'कानुनी शासन कायम गरौं', 'बौद्धिक अराजकताको अन्त्य गरौं' लगायतका नारा लगाएका थिए ।

प्रकाशित : असार २७, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

सिंहदरबारअगाडि प्रदर्शन गर्दा नागरिक अभियन्ता पक्राउ

तस्बिर : अंगद ढकाल

काठमाडौँ — स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथिति विरुद्ध तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउनका निम्ति नागरिक आन्दोलनले आइतबार सिंदरबार अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले १५ जना नागरिक अभियन्ताहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले, श्रवण मुकारुङ, नारायण ढकाल, अर्चना थापा, प्रणेता लगायत छन् ।

प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।





प्रकाशित : असार २७, २०७८ ११:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×