१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मेलम्ची क्षेत्र पुगेर प्रधानमन्त्रीले पीडितलाई दिए जस्तापाता र रकमको आश्वासन

अनिश तिवारी

मेलम्ची, सिन्धुपाल्चोक — प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र हेलम्बु गाउँपालिकाको गणेश बगर र मेलम्ची नगरको मेलम्ची बजार अवलोकन गर्दै बाढी प्रभावित परिवारलाई जस्तापाता र ५० हजार रुपैयाँ दिने आश्वासन दिएका छन् । 

मेलम्ची क्षेत्र पुगेर प्रधानमन्त्रीले पीडितलाई दिए जस्तापाता र रकमको आश्वासन

ह्योल्मोभूमि हेलम्बु हुँदै उर्लिएर आएको बाढीले बगर तुल्याएको २६ दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आएका उनले ध्वस्त भौतिक संरचना पुनर्निर्माण गरिने बताए । ‘हेलम्बु र मेलम्ची भेगका विस्थापित ३ सय ६७ परिवारलाई १५ सय बण्डल जस्तापाता र अन्य प्रभावितलाई ५० हजार दिनेछौं, भत्किएका अन्य ब्रेलिब्रिजको बदला मोटरबेल पुल बनाउनका लागि योजना तयार गर्दैछौ,’ उनले भने ।

उनले नदीको तट क्षेत्र या वरीपरी आवास संरचना नबनाउन सुझाव दिए । ‘अन्य भौतिक संरचना पनि तटक्षेत्रबाट दीर्घकालीन रहने गरी बनाउन इन्जिनियर साथीहरुलाई मेरो सुझाव छ , नदीले झनै बर्खापिच्छै गहिरो बनाइरहन्छ,’ उनले भने । स्थायी संरचना निर्माण गर्न मेलम्चीमा चार लाख र हेलम्बुमा पाँच लाख दिइने उनले प्रतिबद्धता गरेका छन् ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनालाई सन २०२१ या पुसभित्रसम्म राजधानी पुर्‍याउन मुस्किल देखिएपनि त्योभन्दा अघि अर्को साल लाग्न नपओस् भन्नेमा ध्यान दिइरहेको उनले उल्लेख गरे ।

मुख्य अडिटभलमा बालुवा भरिएकाले आयोजना पछाडि धकेलिएकाले त्यसलाई अघि बढाउन सरकारको टिमले पहलकदमी गरिरहेको उनले उल्लेख गरे । ‘बालुवा भरिएको टनेललाई पहिलेकै अवस्थामा ल्याएर अघि बढाउनेछौं, जनतामाझ शिक्षा, रोजगार, खानेपानी स्वास्थ्य सबै पुगोस् भन्ने सरकारको चाहाना हो,’ उनले भने ।

प्रकाशित : असार २६, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?