२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं : शशांक कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफू, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना सभापतिको उम्मेदवार बन्ने बताएका छन् । 

म, विमलेन्द्र र प्रकाशमानमध्ये एकजना सभापतिको उम्मेदवार हुन्छौं : शशांक कोइराला

न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा नेता कोइरालाले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उद्घोष गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने पनि बताए ।

'सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठीकै भयो । हामीमध्ये एकता हुनुपर्‍यो भन्ने कुरा आयो । यसमा धेरै कुराहरु उत्पन्न छन् । एउटा कि विमलेन्द्र निधिले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि संकेत देखिन्छ । दोस्रो कुरा हामी तीनै जनामध्ये एकजना लड्ने', उनले भनेका छन्,'हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एक जनामात्रै उभिनु पर्‍यो नि ! तीनै जना उभियौ भने त फेरि परिर्वतन हुँदैन । त्यसैले हामी तीन जनाले यत्ति चाहिँ के भन्नुपर्‍यो भने हामीमध्ये एक जना उभियौ भने सजिलोसँग हस्तान्तरण हुन्छ ।'

महामन्त्री कोइरालाले आफू सभापतिको उम्मेदवार बनेमा पहिला पार्टीलाई एकजुट बनाउने, पार्टीको अहिलेको विधान राम्रो विधान होइन, शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्‍यो । अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

प्रकाशित : असार २६, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?