नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सक्न संसदीय समितिको निर्देशन- समाचार - कान्तिपुर समाचार

नागढुंगा सुरुङमार्ग आयोजनाको काम समयमै सक्न संसदीय समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिले नागढुंगा–सुरुङमार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिको शुक्रबारको बैठकले नागढुंगा–सुरुङमार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगतिलगायत सम्पूर्ण विवरण विभागको वेबसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ । त्यस्तै, बैठकले सडक आयोजना तथा पुलहरुको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केको पुलहरु के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको छ ।

बैठकले नागढुंगा सुरुङमार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि करसम्बन्धी पर्न गएको असमझदारी र सो को व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ । राष्ट्रिय गौरवका आयोजनाहरुमा काम गर्ने सम्पूर्ण मजदुरहरुलाई कोरोना विरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले नागढुंगा सुरुङमार्ग आयोजनाको स्थलगत अवलोकन गर्न आयोजना स्थल जाने निर्णय गरेको पनि समिति सभापति भट्टले जानकारी दिए ।

प्रकाशित : असार २५, २०७८ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्

कार्यदलमा छलफल भइरहेको मस्यौदालाई अन्तिम रुप दिने प्रयत्न हुँदैछ : रघुजी पन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । शुक्रबार दिउँसो साढे १२ बजेदेखि बसेको बैठकमा विवाद समाधानका लागि प्रस्तावित मस्यौदालाई अन्तिम रुप दिने प्रयत्न भइरहेको कार्यदल सदस्य रघुजी पन्तले बताए ।

‘मस्यौदामा सबै सदस्यले सुझाव राख्यौं । छलफल सकारात्मक भएको छ । सम्भव भएसम्म आज नै टुंग्याउँछौं,’ बैठकबाट बाहिरिएका सदस्य पन्तले भने, ‘साथीहरुले राखेका भावना, विचारलाई समेटेर फाइनल रुप दिने प्रयत्न भइरहेको छ । छलफल जारी छ ।’ तर, मस्यौदामा रहेका बुँदा सार्वजनिक गर्ने बेला भइनसकेको पन्तले बताए ।

यसअघि बैठकबाट निस्किएका अर्का सदस्य शंकर पोखरेलले पनि छलफल सकारात्मक भएको र सम्भव भएसम्म शुक्रबार नै अन्तिम रुप दिने बताएका थिए । ‘छलफल सकारात्मक भएको छ । उनले भनेका थिए, ‘सहमतिका लागि प्रयास गरिरहेका छौं । सम्भव भएसम्म आजै टुंग्याउँछौँ ।’ सोमबारदेखि कार्यदलले निरन्तर रुपमा काम गर्दै आएको छ ।

प्रकाशित : असार २५, २०७८ १८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×