कार्यदलमा छलफल भइरहेको मस्यौदालाई अन्तिम रुप दिने प्रयत्न हुँदैछ : रघुजी पन्त

काठमाडौँ — नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ । शुक्रबार दिउँसो साढे १२ बजेदेखि बसेको बैठकमा विवाद समाधानका लागि प्रस्तावित मस्यौदालाई अन्तिम रुप दिने प्रयत्न भइरहेको कार्यदल सदस्य रघुजी पन्तले बताए ।

कार्यदलमा छलफल भइरहेको मस्यौदालाई अन्तिम रुप दिने प्रयत्न हुँदैछ : रघुजी पन्त

‘मस्यौदामा सबै सदस्यले सुझाव राख्यौं । छलफल सकारात्मक भएको छ । सम्भव भएसम्म आज नै टुंग्याउँछौं,’ बैठकबाट बाहिरिएका सदस्य पन्तले भने, ‘साथीहरुले राखेका भावना, विचारलाई समेटेर फाइनल रुप दिने प्रयत्न भइरहेको छ । छलफल जारी छ ।’ तर, मस्यौदामा रहेका बुँदा सार्वजनिक गर्ने बेला भइनसकेको पन्तले बताए ।

यसअघि बैठकबाट निस्किएका अर्का सदस्य शंकर पोखरेलले पनि छलफल सकारात्मक भएको र सम्भव भएसम्म शुक्रबार नै अन्तिम रुप दिने बताएका थिए । ‘छलफल सकारात्मक भएको छ । उनले भनेका थिए, ‘सहमतिका लागि प्रयास गरिरहेका छौं । सम्भव भएसम्म आजै टुंग्याउँछौँ ।’ सोमबारदेखि कार्यदलले निरन्तर रुपमा काम गर्दै आएको छ ।

प्रकाशित : असार २५, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?