कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

माओवादी केन्द्रको दर्ता खारेजीका लागि दबाब दिन एमालेभित्रका पूर्वमाओवादी नेताहरू आयोगमा

काठमाडौँ — नेकपा एमालेभित्रका पूर्वमाओवादी नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेका छन् । नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गरेका उनीहरू उक्त निवेदन छिटो कार्यान्वयनका लागि ध्यानाकर्षण गराउन भन्दै आयोग गएका हुन् ।

माओवादी केन्द्रको दर्ता खारेजीका लागि दबाब दिन एमालेभित्रका पूर्वमाओवादी नेताहरू आयोगमा

नेता टोपबहादुर रायमाझीको नेतृत्वमा मणि थापा, प्रभु साह र गौरीशंकर चौधरी आयोग पुगेका छन् पूर्वमाओवादी नेता रामबहादुर थापा र लेखराज भट्ट बिरामी भएका कारण आउन नसकेको थापाले जानकारी दिए ।

एमालेमा आएका माओवादीका दोस्रो तहका नेताहरूले बुधबार अधिवक्ता सरोज बुढाथोकीमार्फत आयोगमा नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए ।

‘अस्ति निवेदन दर्ता भएको छ । त्यसमा छिटो निर्णय होस् भन्न आयोग आएका हौं,’ थापाले भने ।

०६९ देखि महाधिवेशन नभएको भन्दै नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको दर्ता खारेजी गर्नुपर्ने माग निवेदनमा गरिएको छ ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा खारेज गरेपछि एमालेमा लागेका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । थापा भने सांसद थिएनन् । पार्टीले तत्कालीन राष्ट्रिय सभा सदस्य रामबहादुर थापा र चन्द्रबहादुर खड्कालाई पनि कारबाही गरेको थियो । चार सांसद पदमुक्त भएको सूचना संसद् सचिवालयले प्रकाशित गरी आयोगलाई जानकारी गराएको थियो ।

तर, माओवादी केन्द्र नै अवैध भएकाले त्यसले गरेका कारबाही पनि वैध नहुने पूर्वमाओवादी नेताहरूको तर्क छ ।

प्रकाशित : असार २५, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?