१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थापा एआईजीमा, पुष्कर सचिवमा बढुवा

काठमाडौँ — मन्त्रिपरिषद्ले डीआईजी सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । त्यस्तै सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ ।

थापा एआईजीमा, पुष्कर सचिवमा बढुवा

मन्त्रिपरिषद्को बिहीबारको बैठकले यसअघि सिर्जना गरिएको एआईजीको थप दरबन्दीमा थापालाई बढुवा गर्ने निणय गरेको हो । नेपाल प्रहरीमा अब एआईजीको संख्या ५ पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट गत साता मात्रै प्रहरी प्रधान कार्यालय प्रदेश प्रहरी समन्वय निर्देशनालयमा सरुवा भएका थापालाई असार १४ गते साँझ बसेको बढुवा सिफारिस समिति बैठकले एआईजीमा सिफारिस गरेको थियो

असार पहिलो साता बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीमा साधारण (प्रशासन) सेवातर्फ एआईजीको एउटा दरबन्दी थपेको थियो । त्यही थप भएको दरबन्दीमा थापाको बढुवा भएको हो । हाल प्रहरीमा कार्य तथा अपराध अनुसन्धान, प्रशासन तथा मानव स्रोत विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी छ । २०४९ चैत ११ मा सेवा प्रवेश गरेका थापा गत वर्ष डीआईजीमा बढुवा भएका थिए

हालका महानिरीक्षक शैलेश थापा क्षत्रीसहित २०४९ वैशाख १९ मा सेवा प्रवेश गरेका अधिकृतले अबको १० महिनापछि ३० वर्षे सेवा हदका कारण अवकाश पाउने छन् । त्यसपछि २०४९ चैत ११ मा सेवा प्रवेश गरेकामध्येबाट प्रहरीले नेतृत्व पाउनेछ । यही ब्याचका विश्वराज पोखरेल गत मंसिर २५ मा डीआईजीबाट एआईजीमा बढुवा भइसकेका छन् । आईजीपी थापाको अवकाशपछि वरिष्ठताका आधारमा पोखरेल नेतृत्वका दाबेदार हुन् । पोखरेलकै ब्याचका डीआईजी थापा ७ महिनापछि एआईजीमा बढुवा भएका हुन् ।

प्रकाशित : असार २५, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?